पार्टीको सदस्य संख्या घटेको छैन : एमाले

22

काठमाडौँ, ४ साउन । नेकपा (एमाले)ले पार्टीमा रहेका संगठित सदस्यहरूको संख्या नघटेको दाबी गरेको छ । एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति जारी गर्दै एमालेको सदस्य संख्या नघटेको दाबी गरेका हुन् ।

“नेकपा (एमाले)को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।”

उनले प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा ३ प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको ११औँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरेका छन् ।

एमालेले १०औँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य संख्या रहेको स्पष्ट पारे । एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ संख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...