काठमाडौँ, ४ साउन । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औंँ स्थानमा छ ।
नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बंगलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलंका २०४औँ स्थानमा छ ।
विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।
यसैगरी क्रोसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ तथा स्पेन दशौँ स्थानमा छन् ।