संघीयता चाहिँदैन भन्नेहरू एकलवादी : पूर्वमन्त्री गुरुङ

40

वालिङ, ११ असार । नेकपा (एमाले)का स्थायी कमिटिका सदस्य एवम् पूर्वमन्त्री किरण गुरुङले संघीयता चाहिँदैन भन्नेहरु एकलवादी भएको बताएका छन् ।

लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जा जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्दै गुरुङले बहुराष्ट्रिय मुलुकका लागि संघीयता आवाश्यक हुने भएकाले लामो आन्दोलन पश्चात प्राप्त संघीयताको विरोध गर्नेहरु एकल मानसिकताको उपज भएको बताए ।

लोकतान्त्रिक तमु संघ नेपालको संस्थापक अध्यक्षसमेत रहेका नेता गुरुङले संघीयताकै कारण अहिले गाउँ गाउँको विकास भइरहेको दाबी गरे । उनले जाति हाम्रो पहिचान हो, तर जातिवादी घातक हुने बताए । गुरुङले सबै जातजातिका भावनाको सम्बोधन गर्न र अवसर प्रदान गर्नकै लागि जनवर्गीय संगठन एवम् घटक संघहरु स्थापित गरिएको बताए ।

बहुराष्ट्रियता भएको मुलुक नेपालको विकास र समृद्धिका लागि सबै राष्ट्रियता, जातजाति, भाषाभाषी, कला, संस्कृतिको विकास एवम् संरक्षण, सम्वर्द्धन संघीयतामा नै सम्भव हुने दाबी गरे । उनले लोकतान्त्रिक तमु संघले तमुहरुको ऐतिहासिकता, सभ्यता, कला, संस्कृति, समुदायगत मूल्य मान्यतालाई संरक्षण, विकासका साथै खोज अनुसन्धानमा जोड दिँदै तमु समुदायलाई गोलबन्द गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...