‘कार्साङ’मा दयाहाङपछि बुद्धि तामाङ जोडिए

19

काठमाडौँ, ८ असार । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

यो फिल्म यार्सा फिल्मसको व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका छन् । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रुपमा बुद्धि तामाङ भित्रिएका हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिने उनको भनाइ छ । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।

निर्देशक शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

यो फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइट्स लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाकंन तिहारलगत्तै गरिने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...