म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको उपाधि

38

काठमाडौँ, २८ जेठ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो ।

च्याम्पियन्स लिगको उपाधिसँगै सिटीले यो सिजन ट्रेबल उपाधि जित्न सफल भएको छ । सिटीले यो सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जित्न सफल भएको थियो ।

सिटीको जितमा रोद्रीले खेलको ६८औैँ मिनेटमा गरेको गोल निर्णायक सावित भयो । बर्नाडो सिल्भाको कटब्याक माटियो डर्मिएनलाई डिफ्लेक्ट हुँदा अनमार्क रहेका रोड्रीले गरेको प्रहार गोल भएको थियो ।

दोस्रोपटक फाइनल खेल्दै सिटीले पहिलो उपाधि जित्न सफल भएको हो । सिटी सन् २०२१ मा चेल्सीसँग पराजित हुँदै उपाधि विमुख बनेको थियो । तर, यसपटक सिटीले त्यो गल्ती दोहोर्‍याएनन् ।

Share This:
सम्बन्धित खबर
Loading...