काठमाडौँ, २७ जेठ । नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् पूर्वमन्त्री किष्णकुमार श्रेष्ठ (किसान)ले बजेटले मधेसलाई अपमान गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले बजेटले मधेसलाई अपमान गरेको भन्दै एक मिनेट मौनधारणसमेत गरे ।
सत्ता पक्षको भएकाले विरोधमा जान नसकेको र फ्लोर क्रस गर्न पनि नसक्ने खालको आपतमा आफू परेको समेत उनले बताए ।
सांसद श्रेष्ठले यो बजेट हुबहु पारित हुनै नसक्ने पनि बताए । केही जिल्लामा धेरै बजेट पारिएको भन्दै उनले नांगो रूपमा नहिँड्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी पनि दिए ।