प्रचण्डलाई ओलीले भने– छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

70

काठमाडौँ, २२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भारत भ्रमणका क्रममा पिएका रूपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रूपमा प्रस्तुत गरेको भन्दै आलोचना गरे ।

“प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन् । तर, परराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैनन्,” उनले भने, “फर्स्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरी वा छोरी हुँदैनन् । फर्स्ट लेडी भनेर परिवारका सदस्यलाई भनिदैन ।”

उनले यदि भ्रमणमा छोरा लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताए । “छोरालाई लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने त ? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त,” उनले भने, “वार्तामा परराष्ट्रमन्त्री हुनुपर्छ, मन्त्रीहरू हुनुपर्छ । शिष्टाचार महापाल हुनुपर्छ ।”

प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमोरीका लागि टिपोट समेत नगरिएको भन्दै ओलीले आलोचना गरे । उनले भ्रमणबारे पनि प्रश्न उठाए ।

“यो भ्रमण फ्यामिली कि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो ?,” उनले भने, “यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन ।”

Share This:
सम्बन्धित खबर
Loading...