रास्वपा सांसदले मागे परराष्ट्रमन्त्रीको राजीनामा

74

काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाइप्रति प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै मन्त्री साउदले भारतले संसद् भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए ।

मन्त्री साउदको सो भनाइलाई लिएर सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भने, “परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईंको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो परराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...