विश्वकप छनोट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै

57

काठमाडौँ, २२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदै छन् । अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्योलता कायम रहिरहेका बेला अन्ततः प्रशिक्षक मोन्टी देशाईसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन् ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका लामिछानेलाई ‘अपवाद’का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो । अब उनको तारिख २९ असारमा राखिएको छ ।

लामिछानेका कानुन व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनुपर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसका कारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनुपर्ने छैन ।

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउने छन् भने २९ असारमा तारिस बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरू गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।

लामिछाने आज प्रशिक्षक देशाईसँगै राति २ बजे अफ्रिका जाने बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...