एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने एमालेमा फर्किए

155

काठमाडौँ, २१ जेठ । नेकपा (एकीकृत समाजवादी)का उपाध्य केदार न्यौपाने नेकपा (एमाले)मा फर्किएका छन् ।

उनी दुई वर्षअघि पार्टी विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लागेका थिए । न्यौपानेले केही समय पहिला नै एकीकृत समाजवादीबाट राजीनामा दिएका थिए । उनी आज एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर एमालेमा फर्किएका हुन् ।

न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपानले र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरे ।

केही समय अगाडि एकीकृत समाजवादी त्यागेर मुकुन्द न्यौपाने पनि एमालेमा फर्किएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...