नेपालले जित्यो मलेसियाविरूद्धको टी–२० सिरिज

95

काठमाडौँ, २१ जेठ । नेपालले घरेलु टोली मलेसियालाई तीन विकेटले पराजित गर्दै टी–२० सिरिज जितेको छ । नेपालले पाँच खेलको महिला टी–२० सिरिज ३–२ ले जितेको हो ।

अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर सीता राना मगरले सर्वाधिक ३४ रनको योगदान दिइन् । कप्तान रूविना क्षेत्रलीले २३ रन जोड्दा अप्सरी बेगमले १५ रन बनाइन् ।

मलेसियाका लागि आइना हसिमले ३ तथा महिरन इस्माइल, बिनिफ्रेड अन्नी आइस्या र नुर डानियाले एक–एक विकेट हात पारिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ४७ रन बनाएकी थिइन् । यस्तै, ओपनर विनिफ्रेड अन्नीले २५ बलमा ४ चौकासहित २४ रन जोड्दै आउट भएकी थिइन् ।

नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...