नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिटमा आज सुनुवाइ

36

काठमाडौँ, २१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गत शुक्रबार रिट दर्ता गराएका थिए ।

सर्वोच्चमा दर्ता भएको रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । त्यस्तै, विधेयकमा रहेको प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेशसमेत माग गरिएको छ ।

राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस भइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...