रेशमलाई आममाफी, नागरिकता विधेयक प्रमाणीकरणमा देउवाले एक्लै निर्णय गर्नुभएको हो : गगन थापा

58

काठमाडौँ, १९ जेठ । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरूद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरूद्ध संघर्ष गर्ने बताएका हुन् ।

प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सह्य नहुने बताए । उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वानसमेत गरे ।

महामन्त्री थापाले पार्टी सभापति देउवाका एक निर्णयहरू आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटक–पटक दोहोर्‍याए । कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरूको पार्टीको रूपमा नभइ तल्लो तहका कार्यकर्ताको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...