सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राख्नुपर्छ : उपसभामुख राणा

31

काठमाडौँ, १३ जेठ । महिलाहरूको महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय योजनाभित्र राख्नुपर्ने बताएकी छन् । सुरक्षित महिनावारी हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ एक्सपोज नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय महिनावारी दिवसको उपलक्षमा उपत्यकाव्यापी साइकल र्‍यालीमा उपसभामुख इन्दिरा राणामगरले यस्तो बताएकी हुन् ।

राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय योजनाभित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई विशेष प्राथमिकताका साथ प्रयोगमा जोडदिने बताइन् ।

उनले नारी मात्र नभएर पुरूष पनि महिलाहरूको महिनावारीमा उतिकै जिम्मेवारी बन्नुपर्ने बताइन् । उनले जनचेतनामा महिला मात्र होइन पुरूष पनि जोडिने हुनाले पुरूषको पनि साथ सहयोग आवश्यक रहेको बताइन् ।

उनले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताइन् ।

एक्सपोज नेपालले हरेक वर्ष २८मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा सक्रिय रहँदै आएको छ ।

उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साइकल र्‍यालीमा भक्तपुर साइकल कनेक्ट, काठमाडौं कोरालगाएतका टिम गरि ३५७ साइकलयात्री सहभागी भएका छन् ।

कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकलयुक्त प्याडलाई सरकारले प्राथमिकताको सूचीबाट हटाउनुपर्ने बताए ।

उनले सन २००७ देखि सुरूभएको एक्सपोज नेपालले २०१५ देखि सक्रिय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...