शरणार्थी प्रकरणमा प्रधानमन्त्री– दोषी नउम्किऊन् र निर्दोष नफसुन् भनेर निर्देशन दिएको छु

46

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्किऊन् र निर्दोष अफसुन् भनेर निर्देशन दिएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारेमा निरन्तर गृह प्रशासन र प्रहरीलाई निर्देशन दिएको बताएका हुन् ।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले लगातार गृह प्रशासनलाई भनेको कुरा यति मात्रै हो पहिलादेखि चल्दै आएको विषय रहेछ, यो सरकारको मात्रै अनुसन्धान पनि हैन र यो सरकारको पालामा भएको पनि हैन । सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी काम गरेको पनि हैन । हिँड्दै जाँदा देखा पर्‍यो । त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने सरकारको चुनौती थियो । यो प्रक्रियामा जो दोषी छन् तिनीहरू नछुटुन्, कोही पनि निर्दोष नपरून् भन्ने मान्यताका आधारमा गृह प्रशासन र प्रहरीलाई निर्देशन दिएको हुँ । अहिले पनि त्यो कायमै छ । अब त यो विषय अदालत पुगिसकेको हुनाले अब अदालतले जे फैसला गर्दा त्यो स्वीकार्य हुने कुरा हामी सबैले मानेकै कुरा हो,” उनले भने ।

उनले सरकारको ध्यान राजश्व चुहावट तथा सम्पत्ति शुद्धीकरणको विषयमा पनि रहेको र त्यसमा संसद्को पनि सहयोग आवश्यक रहेको बताए । उनले आफ्नो यो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने र आफू गम्भीर अग्निपरीक्षामा रहेको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...