सिंहदरबारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल

45

काठमाडौँ, १३ जेठ । सिंहदरबारमा अहिले सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ । प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता पक्षका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।

पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषयमा प्रवेश नगरी स्थगित प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

आफ्ना अध्यक्ष ओलीलाई माओवादी केन्द्रका सांसदले संसद्‌मै भ्रष्टाचारको आरोप लगाएपछि त्यस विषयमा स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने अडानमा एमाले छ । सोही विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...