प्रहरीका पाँच जना एसपीको सरूवा

28

काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सोमबार गरेको निर्णयानुसार ५ जना एसपीको सरूवा भएको हो ।

एसपी बसन्त रजौरको प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा सरूवा भएको छ । यस्तै, एसपी नवीनराज राईको कोशी प्रदेश प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ मा सरूवा भएको छ ।

एसपी चन्द्रदेव राईको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरूवा भएको छ । यस्तै, एसपी राम प्रकाश शाहको प्रहरी प्रधान कार्यालयबाट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरूवा भएको छ ।

एसपी अर्जुनप्रसाद तिमिल्सिनाको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट प्रहरी प्रधान कार्यालयमा सरूवा भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...