भारतबाट दुध आयात गरेर किसान मार्ने खेल भयो : निशा डाँगी

416

काठमाडौँ, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतबाट दुध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् । देशमै उत्पादन भएको ८५ प्रतिशत दुध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दुध आयात गर्नु ठिक नभएको बताइन् ।

“सहरी क्षेत्रमा दुधको अभाव भयो भनेर एक लाख ५० हजार लिटर बढी दुध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दुध आयात गरी किसानलाई मार्ने खेल भइरहेको छ,” उनले भनिन्, “देशमा उत्पादन भएको ८५ प्रतिशत दुधले बजार पाउन सकेको छैन । किसानलाई निरूत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।”

किसानको गोठमा गाई भैँसी भए पनि सहरी क्षेत्रमा दुधको अभाव भयो भनेर भारतबाट दुध ल्याउन लागिएको उनले बताइन् । किसान मार्ने खेल नगर्न राज्यसँग उनले आग्रह गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...