विपक्षी नेता ओलीले आज संसद्‌मा सम्बोधन गर्ने

18

काठमाडौँ, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा बोल्न लागेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

गत हप्ता बसेको एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेको संसद्‌मा बोल्ने बताएका थिए । तर, जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाले संसद् सचिवालयले मन्तव्यको कार्यक्रम कटौती गरेको थियो ।

अध्यक्ष ओलीले शनिबार आफ्नो पार्टीका सांसदहरूसँगको छलफलमा सरकारको नीति तथा कार्यक्रमको कडा प्रतिवाद गर्न र पारित हुन नदिन निर्देशन दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...