बालेनलाई भट्टराईको जबाफ– केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ

68

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेलगत्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई घुमाउरो शैलीमा जबाफ फर्काएका छन् ।

भट्टराईले गणतन्त्रको संस्थापकहरूलाई सोलोडोलो रूपमा नसराप्त आग्रह गर्दै क्रान्तिकालमा आफ्नो टाउकोको मूल्य तोकिएको प्रसंग जोड्दै त्यससम्बन्धी पत्रिकामा छापिएको सूचना पनि सार्वजनिक गरेका छन् । उनले प्रतिगामी हल्लाको पछि पछि नलाग्न आग्रह गर्दै नेतालाई गाली गर्दा न्यारी मारी पछुतो हुने कुरा उल्लेख गरेका छन् ।

बालेनले आक्रोश पोख्दै भने– ‘नेताहरूलाई सिधैँ बागमतीमा चोपल्नुस्’

“केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ । संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापकहरू सबैलाई सोलोडोलो सराप्ने प्रवृत्तिबाट बचौँ । लोकतन्त्र बिना भ्रष्टाचारमुक्त समृद्ध समाज कतै बनेको छैन भन्ने बुझौँ,” उनले भनेका छन्, “क्रान्तिकालमा कसरी गणतन्त्रनिम्ति लड्नेहरूको टाउकाको मूल्य तोकिएको थियो र शान्तिकालमा उनीहरूको कसरी मिडियामार्फत् चरित्रहत्या हुँदा अदालतबाट उनीहरूले मानहानीको मुद्दा जितेका थिए भन्ने सम्झौँ ।”

उनले आफ्नो स्टाटसमा न्याउरी मारी पछुतो शीर्षकको लघुकथासमेत उल्लेख गरेका छन् ।

शनिबार डा.भट्टराई भ्रष्टाचारको विरोध गर्दै सडकमा धर्ना बसेका थिए । उनलाई लक्षित गर्दै काठमाडौँका मेयर साहले घुमाउरो शैलीमा स्टाटस लेखेपछि भट्टराईले पनि घुमाउरो शैलीमा जबाफ फर्काएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...