बालेनले आक्रोश पोख्दै भने– ‘नेताहरूलाई सिधैँ बागमतीमा चोपल्नुस्’

65

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेताहरूले गरेको भ्रष्टाचारविरूद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् साहले आक्रोश पोखेका हुन् । उनले नेताहरूले भ्रष्टाचारविरूद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधैँ बागमतीमा चाेपल्नुस् भन्दै आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, “भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधैँ लगेर बागमतीमा चोपाल्नुस् । यस्तो सडक नाटक धेरैदेखि सक्यो हाम्ले । पत्याउदिन म चाहिँ । तपाईंहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधैँ कारबाही गर्नलाई हो, सिधैँ कारबाही गर्ने नीति बनाउनलाई हो ।”

शनिबार काठमाडौँमा डा.बाबुराम भट्टराई, हिसिला यमी, रवि लामिछानेलगायतका नेता भ्रष्टाचारविरूद्ध सडकमा धर्ना कार्यक्रममा सहभागी भएका थिए । नेताहरूको सो कार्यक्रमप्रति मेयर साहले आक्रोश पोखेको अनुमान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...