२२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

91

काठमाडौँ, ३० वैशाख । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सूची प्रकाशन गरेको हो ।

डिएसपी गौतम कुमार केसीलाई पहिलो नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रूपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल छन् ।

बढुवा समितिको निर्णयविरूद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । .

Share This:
सम्बन्धित खबर
Loading...