टोपबहादुर रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन

45

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।

सांसद रायमाझीलाई सांसद पदबाट पनि निलम्बन गर्न बुधबारको संसद् बैठकमा समेत आवाज उठेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...