गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरूरी छ : ओली

73

काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्‌गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जरूरी रहेको बताएका छन् ।

बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरूका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दुरीभित्र ३ वटा सम्यक सम्बुद्धहरूको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाइ छ ।

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...