देश बनाउन लाहुरे संस्कृति तोड्नुपर्छ : महासचिव पोखरेल

26

काठमाडौँ, १९ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउन लाहुरे संस्कृति तोड्नुपर्ने बताएका छन् । त्यो काममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले पहल गर्नुपर्ने महासचिव पोखरेलले बताए ।

रिटर्नी फेडरेसन नेपाल सुनसरीको इटहरीमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठकमा प्रशिक्षणमूलक सम्बोधन गर्दै महासचिव पोखरेलले वैदेशिक रोजगारीमा अनुभाव हासिल गर्नुका साथै दुःख, पीडा ब्यहोरेर फर्किएका युवाले लाहुरे संस्कृतिमा परिवर्तन ल्याउन र स्वदेशमा स्वरोजगारका लागि उत्प्रेरित गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“राजनीतिक दलहरूले नीतिगत रूपमा नेतृत्व गर्न सक्छौँ, आम मानिसको भावना परिवर्तन गर्न देश विदेशमा अनुभव बटुलेर फर्केका युवालाई सजिलो हुन्छ,” उनले भने, तपाईंहरूले देश बनाउन नयाँ संस्कृतिको निर्माण गर्ने सामाथ्र्य हामीमा छ भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्छ, त्यसो भयो भने राष्ट्र निर्माणको आधारशीला तयार हुने छ ।

वैदेशिक रोजगारी बाध्याताभन्दा पनि आम रूचि र संस्कृतिका रूपमा रूपान्तरित भएको बताउँदै महासचिव पोखरेलले स्वदेशमा कृषि तथा पशुपालन गर्नभन्दा मलेसिया, कतार जान ज्यादा आकर्षित हुने हाम्रो परम्परागत संस्कृतिमा परिवर्तन ल्याउन जरूरी छ भने ।

राजनीतिक स्थायित्व बिना देश बनेको उदाहरण दुनियाँमा कहीँ नभएको बताउँदै उनले नेपालमा राजनीतिक स्थायित्व समाप्त पार्ने नियोजित चालबाज सुरू भइरहेको र यो देशका लागि घातक भएको बताए । उनले भने, “हरेक निर्वाचनमा नयाँ शक्तिलाई त्यसको प्रयोगका रूपमा अगाडि सार्ने कुरा त्यही नियोजित षड्यन्त्रको उपज हो । त्यस कुरालाई नबुझ्दा हामीले हरेकलाई अयोग्य देख्छौँ ।

Share This:
सम्बन्धित खबर
Loading...