राष्ट्रपति पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ ब्यहोर्ने

106

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ ब्यहोर्ने भएको छन् ।

उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गर्दा लागेको खर्च आफैँ ब्यहोर्ने भएका हुन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको बताएका छन् ।

“उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्यमंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ ब्यहोर्न आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेल भारतमा स्वास्थ्योपचारपछि आइतबार राति स्वदेश फर्किएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...