काठमाडौँ, १३ वैशाख । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहलाई ५ हजार ८१ मतले हराएका हुन् ।
निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहले २३ हजार ३३४ मत पाए । त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् ।
पूर्वडिआइजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८२९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।