फराकिलो अग्रता बनाउँदै उपेन्द्र यादव, कटाए १२ हजार मत

132

काठमाडौँ, १२ वैशाख । बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतपरिणाम जारी छ । पछिल्लो मतगणना परिणामअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।

उनले १२ हजार ११९ मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६९३ मत ल्याउँदा नेकपा (एमाले)का पुरूषोत्तम पौडेल ४ हजार ३२८ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख ५ हजार २४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...