तनहुँ, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार बढी मतको मतान्तर बनाएका छन् ।
ताजा मतपरिणामअनुसार डा.वाग्लेको मत निकटतम् प्रतिद्वन्द्वीभन्दा १० हजार १५४ मतले बढी छ । वाग्लेले २३ हजार ९६६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन् । नेकपा (एमाले)का सर्वेन्द्र खनालले भने ६ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन् ।
कुल ६३ हजार ७५७ मत खसेकोमा ४६ हजार ६७ मतगणना भइसकेको छ । अब करिब एकतिहाइ मत गणना गर्न बाँकी छ ।