२९ हजार मत गन्दा वाग्लेको अग्रता कायमै

48

दमौली, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

हालसम्म २९ हजार ८०२ मतगणना हुँदा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कुल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...