काठमाडौँ, ११ वैशाख । बारा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणामअनुसार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले सुरूवाती अग्रता लिएका छन् । ६७० मतगणना सकिँदा यादवले २२४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा (एमाले)का पुरूषोत्तम पौडेलले १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० तथा प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणा ज्ञवालीले १२ मत प्राप्त गरेकी छन् ।
बारा–२ को मतगणना सोमबार १२ बजेपछि सुरू गरिएको हो । आइतबार सम्पन्न मतदानमा बारा–२ मा ६५ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।