तनहुँ–१ मा स्वर्णिम वाग्लेले कटाए १० हजार मत

42

तनहुँ, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।

१३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा (एमाले)का सर्वेन्द्र खनाललाई वाग्लेले फराकिलो मतले पछि पारेका हुन् ।

सोमबार बिहान ११ बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले १० हजार २५९ मत ल्याइसकेका छन् । आइतबार राति गणना भएदेखि अग्रता बनाएका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईसँगको मतान्तर बढाएर ५ हजार २५६ पुर्‍याएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् । अहिले गोविन्दलाई वाग्लेले ५ हजार २५६ मतले पछि पारेका छन् ।

त्यस्तै, तेस्रोमा रहेका नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७५९ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार अहिलेसम्म त्यहाँ १३ वटा वडाको १८ हजार ६६१ मतगणना भइसकेको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...