तनहुँ–१ मा वाग्लेको अग्रता कायमै, भट्टराई दोब्बर मतान्तरले पछाडि

82

काठमाडौँ, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसारु राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६३८ मतगणना हुँदा वाग्लेले ५ हजार ९०० मत प्राप्ता गरेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बर मतले अघि छन् ।

भट्टराईले २ हजार ६८७ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ६५६ मत प्राप्त परेका छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...