काठमाडौँ, ५ वैशाख । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरूद्ध भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।
न्यायाधीश यमुना भट्टराई, खुसीप्रसाद थारू र बलभद्र बास्तोलाको संयुक्त इजलासले सोमबार खड्कासहित ४ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
खड्का २०७१ सालको माघमा निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनीविरूद्ध २०७५ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा १८ करोड ६६ लाख रूपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।