परराष्ट्रमन्त्री बन्दै एनपी साउद, ३ बजे शपथ

127

काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

सांसद साउद आज परराष्ट्रमन्त्रीमा नियुक्त हुने र पद तथा गोपनीयताको शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । साउदको शपथका लागि दिउँसो ३ बजे समय निर्धारण गरिएको स्रोतको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य रहेका साउद यसअघि सिंचाइमन्त्री बनेका थिए । कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सभापति शेरबहादुर देउवाले पाँचौँ मन्त्री पनि आफ्नै समूहबाट पठाउन लागेका हुन् । यसअघि उपप्रधानसहित ४ मन्त्री कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पठाइसकेको छ ।

अहिले प्रधानमन्त्री प्रचण्डले परराष्ट्रसहित ६ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...