काठमाडौँ, २ वैशाख । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ । गएराति बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।
प्रहरी सहायक हवल्दार प्रकाश वर्षमान पुनका नातेदार पनि हुन् । प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशलाई प्रहरीले पक्राउ गरेको छ । गएराति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
वर्षमान पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनका ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।