शताब्दी पुरूष स्व.सत्यमोहनकी पत्नी राधा जोशीको निधन

58

काठमाडौँ, २ वैशाख । शताब्दी पुरूष स्व.सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । उनको आज बिहान ५ः५६ बजे ललितपुरको किष्ट अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि किस्ट अस्पतालमा भर्ना भएकी उनको उपचारको क्रममा बिहान निधन भएको अस्पतालकी पब्लिक रिलेसन अफिसर विपना घिमिरेले जानकारी दिइन् ।

गतवर्ष असोज ३० गते जोशीको पति सत्यमोहनको निधन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...