मेयर बालेनलाई जिम्मेवारीबोध गरी काम गर्न सरकारले गरायो सचेत

127

काठमाडौँ, २८ चैत । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।

बैठकमा शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालन गर्न आग्रह गरेको हो ।

“काठमाडौँ महानागरपालिकाको फोहर स्थानीय तहले उठाउने कानुनी व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्थाअनुसार काम गर्नुपर्छ,” बैठकपछि पत्रकारलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक बैठकमा छलफल भएको छ ।”

उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...