देउवाको दाबी– फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ

84

काठमाडौँ, २८ चैत । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे । उनले भने, “आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो ।”

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...