न्यायाधीश भुवन गिरी पक्राउ

47

काठमाडौँ, २८ चैत । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो ।

उनलाई काठमाडौँस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको मागअनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो ।

उता श्रीमतीविरूद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ । उनीविरूद्ध सरकारी कागजात कीर्तेको उजुरी दर्ता भएको छ । उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ ।

गिरी हाल न्यायपरिषद्‍मा कार्यरत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...