इल्चेमाथि बार्सिलोनाको सहज जित

30

काठमाडौँ, १९ चैत । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । स्पेनिस लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक–एक गोल गरेपछि बार्सिलोनाले सानदार जित निकाल्न सफल भएको हो ।

 इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५६औँ मिनेटमा  फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

 त्यसको १० मिनेट पछाडि अर्थात ६६औँ मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । र, ७०औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

 यस जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...