अब कांग्रेसमा फर्किन्नँ : स्वर्णिम वाग्ले

268

काठमाडौँ, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा डा.वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् ।

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्नँ । मेरो पछाडि फर्किने बानी छैन । गण्डकी प्रदेशको पानी खाएको छु,’  उनले भने ।

यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...