संयुक्त पत्रकार सम्मेलन गर्दै रास्वपाका ‘तीन भाइ’

60

काठमाडौँ, १८ चैत । पार्टी सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ‘तीन भाइ’ले आज पत्रकार सम्मेलन गर्दै छन् ।

चितवन–२ बाट पुनः चुनाव लड्न लागेका लामिछाने, रास्वपाबाटै बारा–२ मा उम्मेदवार बन्न लागेका रमेश खरेल र तनहुँ–१ मा उठ्न लागेका डा.स्वर्णिम वाग्लेले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । उम्मेदवारबारे औपचारिक निर्णय गर्न भने बाँकी छ ।

रास्वपा सभापति लामिछानेले शुक्रबारै सामाजिक सञ्जालमार्फत् भनेका छन्, “हामी ३ भाइको पत्रकार सम्मेलन, भोलि (शनिबार ४ बजे (अपरान्ह) ।”

पूर्वडिआइजीसमेत रहेका खरेल राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष हुन् भने अर्थविद्समेत रहेका डा.वाग्ले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन् ।

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सभापति लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पदपुर्ति गर्न लागिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...