नवनियुक्त मन्त्रीहरूले लिए शपथ

84

काठमाडौँ, १७ चैत । नवनियुक्त मन्त्रीहरूले लिए शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री बनेका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् । जनता समाजवादी पार्टीका अशोककुमार राई शिक्षामन्त्री, लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेसका नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिकामन्त्री तथा माओवादी नेता शक्ति बहादुर बस्नेत ऊर्जामन्त्री भएका छन् ।

यस्तै, माओवादीकी रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृतिमन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिलामन्त्री, एकीकृत समजवादीका प्रकाश ज्वाला भौतिकमन्त्री, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री, कांग्रेसका रमेश रिजाल उद्योगमन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकासमन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी शुशीला सिर्पाली ठकुरी बनेकी छन् ।

माओवादीका मन्त्रीहरू भने गत पुस १० मै नियुक्त भएका थिए । तीमध्ये शक्ति बस्नेत आज मन्त्री थपिएका हुन् । भौतिकमन्त्री रहेका नारायणकाजी गृहमा सरेका छन् ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राखेका छन् । यसैबीच आज जनमत पार्टीका अब्दुल खानले पनि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...