काठमाडौँ, १७ चैत । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन् ।
जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो । मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन् ।