कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, को–को बन्दैछन् मन्त्री ?

410

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुंग्याएको हो ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यस्तै, अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासन, एनपी साउद सहरी विकास, सीता गुरुङ भूमि व्यवस्था, डिगबहादुर लिम्बू कानुन, प्रकाशशरण महत अर्थ र मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...