राजेन्द्र लिङ्देनको प्रश्न– गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?

30

काठमाडौँ, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भत्र्सना गरे ।

मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जानेक्रममा प्रमुख सचेतक शाहीमाथि दुर्व्यवहार भएको भन्दै उनले यसप्रति घोर भत्र्सना गर्दै नागरिकलाई राजावादी हुने छुट नभएको हो ? भन्दै प्रश्न गरे ।

‘सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो त्यसको म भत्र्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?’

 मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग गर्दै उनले यसलाई ढाकछोप नगर्न पनि आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...