सत्ता गठबन्धनमा मिल्यो भागबन्डा

94

काठमाडौँ, १५ चैत । सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा मिलाएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै, माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले दुई–दुई मन्त्रालय पाउने भएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक–एक मन्त्रालय पाएका छन् ।

सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...