प्रतिनिधिसभा बैठक बस्दै

46

काठमाडौँ, १५ चैत । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

Share This:
सम्बन्धित खबर
Loading...