चन्द्र भण्डारीलाई सरकारले दियो ५५ लाख उपचार खर्च

38

काठमाडौँ, ७ चैत । आगलागीमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीलाई अर्थ मन्त्रालयले ५५ लाख ८८ हजार १६४ रूपैयाँ सहायता दिएको छ ।

गत महिना खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनी र उनकी आमा घाइते भएका थिए । आमाको उपचारको क्रममा निधन भएको थियो भने भण्डारी अहिले भारतको मुम्बइमा उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले सामाजिक सञ्जालमामार्फत् जानकारी दिएको छ ।

फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले उपचारमा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको थियो । जसअनुसार फागुन महिनामा ५५ लाख ८८ हजार रूपैयाँ सहायता उपलब्ध गराएको अर्थले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...